×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्कूले क्रान्तिमा बालेन शाहको निर्णयले शैक्षिक माफियाको सात्तो उड्यो, मेयर हुन् त यस्तो ! (भिडियो ब्रिफिङ)

काठमाडौं । बालेन काठमाडौँ महानगरपालिकाका मेयर मात्र होइनन्, धेरैका भरोसाका केन्द्र पनि हुन् । धेरै युवाका ढुकढुकीमात्र होइनन् बालेन, बिकास भनेको कसरी गर्नुपर्छ भन्ने तथ्य देखाउने मेयरसाप हुन् । कसैका अगाडी नझुकी, कसैबाट केहि नलुकाई, अविराम, अविरल आफ्नै गतिमा काम गर्ने, कानुन सबैले मान्नुपर्छ भन्ने पाठ सबैलाई सिकाउने मेयर हुन् उनी । तिनै काम गर्न सिपालु मेयरले गरेको स्कुले क्रान्तिले अहिले जनजनको मन जितिरहेको छ । काठमाडौँमा मनपरी गर्न पल्केका स्कुल र तिनका संचालकहरुलाई आच्छुआच्छु बनाएर उनले स्कुल सुद्धिकरण र समग्र शिक्षाको शुद्धिकरणको अभ्यास सुरु गरेका छन् । शिक्षा क्षेत्रमा दीगो र सकारात्मक प्रभाव पार्ने नीतिगत निर्णय तथा कार्यक्रम अगाडी बढाएर बालेन्द्र शाह सबैको मनमनमा बसिरहेका छन् । र त राजनीतिको र समेत नबुझेका स्कुले केटाकेटीहरुले पनि भनिरहेका छन् – हाम्रो बालेन दाई जिन्दाबाद !
शिक्षा क्षेत्रको शुद्धिकरणका लागि काठमाडौँमा के-के गरे त बालेनले ?
किताबबिहीन शुक्रबार

 ‘शिक्षासँगै सीप’ कार्यक्रम अन्तर्गत महानगरले किताबबिहिन शुक्रबार अर्थात् ‘बुक फ्रि फ्राइडे’को अवधारणालाई कार्यान्वयन गरेको छ । यो कार्यक्रमको बालेन शाहले उद्घाटन गरिसकेका छन् ।  जहाँ विद्यार्थीहरु शुक्रबार किताब नै नबोकी स्कुल जानेछन् । महानगरले शुरुवात गरेको सो कार्यक्रमले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई १० वटा तालिममा कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला विद्याहरुलाई तालिम दिने जनाइएको छ । आहा भएन त गज्जब ? भएन त विद्यार्थीहरुलाई पनि गुड एण्ड इफिसिएन्ट फ्राइडे ?

विद्यालयमा राजनीति बन्द

बालेन शाहले गरेको अर्को गज्जबको काम भनेको विद्यालयमा राजनीति बन्दको काम हो । विद्यालय भनेको पढ्ने ठाउँ हो । यो थलो राजनीति गर्नका लागि किमार्थ होइन । तर राजनीतिक संगठनका नाममा विभिन्न संघ संगठनहरुले विद्यालयलाई विद्यालय कम, राजनीतिक अखडा बढी बनाएका थिए । तर बालेन्द्र शाहले यस्तो काम अव बन्द गराईदिएका छन् ।  बालेन्द्रको यस्तो कदमपछि नेपाली कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा विभागमा लगाएको तालासमेत लगायो । तर महानगरका मेयर बालेनका अगाडी तिनीहरुको फाईफ़ुई पनि केहि दिन पनि चलेन । महानगरले बिना कसैलाई नसोधी सो ताला तोडिदियो र आफ्नो अडानमा बस्यो ।
छात्रवृत्तिको तथ्यांक सार्वजनिक गर्नु पर्ने नियमलाई कडाई
काठमाडौँका स्कुलहरुमा वा भनौंदेशैभरका स्कुलहरुमा एउटा रोग छ । भन्नलाई छात्रवृति भन्छन् तर आफ्नालाई मात्र दिन्छन्, त्यो पनि दिनुपर्नेजति संख्यामा दिंदैनन । तर बालेन शाहले छात्रवृत्तिको तथ्यांक सार्वजनिक गर्नु पर्ने नियमलाई कडाईका साथ लागु गराएका छन् । काठमाडौं महानगरपालिकाको विद्यालय व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरुले उत्कृष्ट र कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ । विशेषगरी निजी स्कुलहरुले त्यसो गर्ने गरेका थिएनन् । अव बालेनले कानुन नमान्नेहरुलाई ठेगान लगाउने भएपछि अन्तत: विद्यालयहरु पनि हच्किएका छन् ।
विद्यालयको नाम ल लोगोमा एकरुपता ल्याउन निर्देशन
काठमाडौँका स्कुल र कलेजमा अर्को एउटा रोग छ, त्यो रोग हो नामको रोग । सबैभन्दा गरिब मान्छेको नाम धनबहादुर भएजस्तै थर्ड क्लास पूर्वाधारमा चलेका धेरै स्कुलहरुले नाम चाहिं इन्टरनेशनल स्कुल राख्ने गरेका थिए । अझ भएभरका अंग्रेजी नाम घुसाएर नाममात्रको मनपरी चलिरहेको थियो । तर बालेन शाहले विद्यालयहरुको नाम नेपालीपन झल्किने हुनुपर्ने भन्दै यस विषयमा कडाई गरेका छन् । उनले विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दैै नियमको पालना नभएमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने बताईसकेका छन् ।
बालेन्द्रले अन्य क्षेत्रमा गरेको काम यति राम्रा र यति धेरै छन् कि के भन्ने ! काठमाडौँमा अव्यवस्थित टहरा हटाउनेदेखि स्कुलहरुलाई ठेगान लगाउने कुरासम्ममा उनी सफल भएका छन् । चुनौतीका पाहाडहरु पक्कै छन् । तर यो छोटो समयमा बालेन्द्रले जे गरे, त्यो उल्लेखनीय छ । काठमाडौँका यसअघिका मेयर त यति समयमा सेलिब्रेसनमै थिए होलान्, तर बालेन्द्रले त सिष्टम बसाउने काम मात्र गरेका छैनन्, त्यसको नियमित अनुगमनको कामसमेत गर्न अर्हाईरहेका छन् ।
बालेन्द्र शाहसँग गर्नुपर्ने काम धेरै छ । समय उनका हिसाबले केहि कम छ, र पनि कुल ५ बर्षमा बालेन शाहले काठमाडौँलाई सुन्दर र व्यवस्थित काठमाडौँ बनाउने कुरामा कुनै पनि शंका छैन । साधुवाद बालेन यो शाहसप्रति, यो योगदान प्रति अनि हामी सबैको काठमाडौँको प्यारो बालेन्द्र शाह भएकोमा । बिग सलुट बालेन ! (भिडियो)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: