काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वर्कसपलाई कार्वाही गरेको छ । पटक-पटक ताकेता गर्दा पनि नियमविपरित सडकको आवतजावतमा असर पर्ने गरी सञ्चालन गरिएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको हो ।
त्यस्तै, सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिएका छन् ।
त्यस्तै, महानगरभित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने दुई जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । योसँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जालमार्फत मेयर शाहले जानकारी दिएका छन् । मेयर शाहका अनुसार यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
पछिल्लो समय महानगर प्रहरीले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्