काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्ने तयारी गरिएको छ ।
बुधबार बिहान आफ्नो निवासबाट पक्राउ परेका खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गर्दा भाग्ने स्थिति देखेपछि प्रहरीले नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणलाई ‘जरुरी पक्राउ पूर्जी’ थमाएर पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार खाँणले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीबाट रकम असुली गर्ने गिरोहलाई नीतिगत निर्णय गराउन सहयोग गर्दथे ।
पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राख्न बुधबार नै म्याद लिने तयारी गरेको हो । खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।
सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादर रायमाझी भने फरार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्