×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिरासतमा जाँदा बाटोमै रोए बालकृष्ण खाँण: हेर्दा अफ्ट्यारो, सुन्दा माया लाग्दो, बुझ्दा रिस उठ्दो ६ घटना (भिडियो ब्रिफिङ)

काठमाडौं । बालकृष्ण खाँण यतिबेला प्रहरी हिरासतमा छन् । अघिपछी पुलिस लगाएर, नमस्कार खाईखाई बडो सानका साथ हिड्ने खाँण यतिबेला हिरासतमा लामखुट्टे र उडुस हेर्दै टोलाईरहेका छन् । हिरासतमा रहेका अन्य अपराधिक घटनाका अभियुक्तहरु पूर्वमन्त्रीलाई भेट्न पाइयो भनेर दङ्ग छन्, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । कांग्रेसभित्र खाँणलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने आवाज बुधबारदेखि नै उठेको थियो । यसरी नक्कली भुटानी सरणार्थी प्रकरण र त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रचण्डको हिम्मतका कारण मन्त्री भएको आडमा मनपरी गर्ने खाँण कानुनी फन्दामा छन् ।

प्रस्तुत छ, पक्राउ परेका खाँण, नक्कली भुटानी शरणार्थी प्रकरण र पक्राउ परेपछि हिरासतको बास बस्दाताका बाहिर आएका केहि सुन्दा मायालाग्दा, केहि हेर्दा अफ्ट्यारो लाग्दा र केहि बुझ्दै रिस उठ्दा घटनाहरुः

१. घुस खान भनेपछि धेरै अघिदेखि नै कहलिएका व्यक्ति हुन् खाँण । सबै घुस उनले खाए, वा उनका नाममा उनी नजिकका मान्छेले खाए, त्यो उनै जानुन्, तर पार्टीभित्र र बाहिर पनि यो काम पनि खाँणले नै मिलाए, त्यो काम पनि खाँणले नै मिलाए भन्ने चर्चा यस अघि पनि हुने गरेको थियो । नक्कली भुटानी सरणार्थी प्रकरणमा भने खाँणले आफू गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाखभन्दा बढी रकम लिएको प्रमाण भेटिएको प्रहरीको दाबी छ । अर्थात करोडौं रुपैयाँ भ्रष्टाचारीहरुले हान्दिएको यो प्रकरणमा खाँणले पनि करोड बढी हान्दिएको प्रमाणित भएको छ ।

२. यो घटनामा खुसखोरी यतिसम्म भएछ, कि खाँणले आफुले त खाए, खाए, आफ्ना पिएलाई पनि घुस मिलाईदिएछन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसीले पनि ठगी प्रकरणमा ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई ५ लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलमा प्रहरीले भेट्टाएको थियो । हुन त पाण्डेले एसएमएस च्याट डिलिट पनि गरेका थिए, र सो मोबाइल फर्म्याट पनि गरेका थिए । तर अईफोन हो भनेर उनले त्यो मोबाइल फालिदिएन् । जसका कारण डाटा रिकभरी भयो र यो तथ्य बाहिर आयो । पाण्डेले अईफोनको लोभ गर्दा र घुसको लेनदेन मोबाइलबाट गर्दा खाँण कानुनको फन्दामा परे ।

३. खाँणमा एउटा दम्भ थियो, म त पूर्वगृहमन्त्री पो हो त, मलाई कसले छुने ? उनको यो घमण्ड प्रहरी घरमा आएर पक्राउपूर्जी थमाउँदासमेत मरेको थिएन । उनले आफु पूर्वगृहमन्त्री भएको भन्दै प्रहरीसमक्ष आउन इन्कार गरेका थिए । तर प्रहरीले उनलाई छोडेन । अव त फसियो फसियो भन्ने बुझेपछि सार्है निन्याउरो मुख लगाएर उनले पत्रकारहरुले फोटो खिच्ने भए, प्लीज मलाई छेकीदिनुस् न है भनेर प्रहरीलाई बिन्ती गरेका थिए । प्रहरीसँग उनले यो बीचमा मास्क छ ? भनेर सोधेका पनि थिए । तर उनी पक्राउ परेको दृश्य खिच्न गएका उनको फोटो सबैले खिचे । गाडीबाट झर्नुअघि, पत्रकारहरुको भीड देखेर उनले आँखाबाट आँशु नै चुहाएका थिए ।

४. अहिले बालकृष्ण खाँण गम्भीर फौजदारी अपराधका अभियुक्त हुन् । उनको ठाउँमा सामान्य व्यक्ति भएको भए हतकडी लाग्थ्यो । तर उनलाई हतकडी भने लगाईएन । ठुला नेताहरुले प्रहरीलाई अनुसन्धानचाहिं गर्नु तर हातमा हतकडीनै चाहिं नलगाउनु है भनेर आग्रह गरेका थिए । सोहि अनुसार प्रहरीले उनको हातमा हतकडी लगाएन । तर उनको हातमा हतकडी नलगाएको देखेर त्यहीं अरु मुद्धाका अभियुक्तहरुले पनि हतकडी खै ? भनेर कराएका थिए । पत्रकारहरुले पनि प्रहरीलाई हातमा हतकडी छैन ? भनेर सोधेका थिए । हेर्दा पूर्वगृहमन्त्री हुन्, हतकडी नलगाएको ठिकै छ नि भन्ने ठाउँ भए पनि, अपराध त आखिर अपराध नै हो नि भनेर हेर्ने हो भने उनको हातमा हतकडी लगाएको भए पनि केहि फरक पर्दैनथियो । प्रहरी स्रोतका अनुसार हतकडी लगाउने विषयमा प्रहरीले आफ्ना हाकिमलाई सोधेका पनि थिए । प्रहरीका हाकिमले नै उनलाई हतकडी नलगाउन भनेका थिए ।

यो कुरा इजलाशमै पनि उठेको थियो । अधिवक्ता स्वागत नेपालले ठगी मुद्दामा पक्राउ परेका दुईजना रामशरण केसी र गोविन्दकुमार चौधरी हत्कडीसहित बाहिर उभिंदा पूर्व गृहमन्त्रीलाई ससम्मान इजलासमा राखिएकोमा आपत्ति जनाएका थिए । उनको बहसपछि पूर्वमन्त्री खाँणको अनुहारमा अँध्यारो पोतिएको थियो ।

५. जव उनलाई हिरासतमा पठाउने भन्ने विषयमा बहस भयो, उनी सार्है तनावमा देखिन्थे । पटक पटक छट्पटाईरहेका देखिन्थे । उनका वकिलहरुले न्यायाधीस समक्ष कुरा राखे । तर जव पीडीत पक्षका वकिल आए, खाँणले हाते जोडेर ती वकिललाई मेरो विपक्षमा बहस नगरिदिनुस न प्लीज भनेर आग्रह गरेका थिए । बहस गर्ने वकिल थिए अधिवक्ता स्वागत नेपाल । तर उनले पीडीतका पक्षमा बहस त गर्नु नै थियो । उनलाई हिरासत पठाउने निर्णय भएको थाहा पाएपछी उनले पुनः आँखाबाट आँशु झारेका थिए ।

६. हिरासतमा जाँदैगर्दा उनले श्रीमतीसँग कुरा गर्न पाइन्छ कि पाईदैन भनेर पनि सोधेको प्रहरी स्रोतको दाबी छ । उनले प्रहरीसमक्ष पटक पटक टोपबहादुरजी पनि आउनुभयो कि के हुँदैछ भनेर पनि सोधेका थिए । प्रहरीले पनि उनलाई घटनाक्रमका बारेमा बेला बेला अपडेट गराईरहेको छ । खाँणले हिरासतको म्याद पुनः थपिन्छ कि थपिन्न, अरु प्रक्रिया के हुन्छ ? मलाई भेट्न मेरा आफन्तहरु आउन मिल्छ कि मिल्दैन भनेरसमेत पटक पटक प्रहरीसमक्ष सोधेका थिए ।

खैर, जे भए पनि प्रहरीले यो घटनाको अन्तरकुनासम्म पुगोस् । फेरी पनि दोषी नउम्किन्, निर्दोष नफसुन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: