×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालकृष्ण खाँणलाई हिरासतमा ज्वाई सुविधा : खानामा मासु, छुट्टै बाथरुम, सानदारको पलङ, हातमा छैन हतकडी (भिडियो)

काठमाडौं । मुद्धा उही, संलग्नताको केस उही, प्रहरी उही, हिरासत उही, अदालत उही, कानुन उही । तर टोपबहादुरका छोराको हातमा हतकडी लाग्दा यहि केसमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हातमा हतकडी लागेन । उही केसमा समातिएका टोपबहादुरका छोरा हातमा हतकडी लगाएर अदालत र हिरासतको ओहोरदोहोर गर्दा बालकृष्ण खाँण निस्फिक्री गृहमन्त्रीजसरी नै प्रहरीको गाडी चढिरहेका छन् । उही केस र उही हिरासतमा बस्दा टोप बहादुरका छोराले खाने खाना र खाँणले खाने खानामा विभेद छ, बस्ने कोठामा विभेद छ । उही केसमा हिरासतमा रहेका अन्य अभियुक्त बसको ठाउँभन्दा फरक ठाउँ र परिवेशमा बालकृष्ण खाँणलाई किन राखियो ? कि बढी घुस खानेलाई बढी सुविधा दिने हो प्रहरीले पनि ? होइन भने विधिको राज्यमा किन यस्तो विभेद ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै करोडौं हजम गरेको अभियोग लागेको छ उनलाई । उनीमाथि होइन, यो केसमा अन्य थुप्रैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कानुनका नजरमा पक्राउ परेका सबै अभियुक्त हुन् । त्यो पनि उही अपराधका अभियुक्त । तर, उही अपराधका उही अभियुक्तलाई पनि प्रहरीले भने विभेद गरेको छ । अन्यको हातमा हतकडी लाग्दा गृहमन्त्री यसअघि नै भईसकेका र अपराधिक क्रियाकलापमा मुछिएका खाँणको हातमा हतकडी लागेको छैन । हातमा हतकडी नलगाउने मात्र होइन, खान, बस्न लगायतमा दिईएको सुविधामा पनि उनलाई ज्वाईसरह मेजमानी गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको आफ्नै हिरासत कक्ष छ । राज्यले करोडौं लगानी गरेको यो हिरासत कक्षमा प्रहरीले अभियुक्तहरुलाई थुन्ने गर्छ । नक्कली भुटानी सरणार्थी प्रकरणमा पनि केहि अभियुक्त यहीं छन् । तर सोहि प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई भने परिसरले बेग्लै बसाइको व्यवस्था गरिदिएको छ । त्यो पनि खाँण यस्तो सुविधामा बसेका छन्, कि मानौं उनी पहिलोपटक ससुराली आएका ज्वाँई हुन् । बिहान टक्क भनेअनुसारको खाना आउँछ, सुत्न भनेअनुसारको आरामदायी पलङ्ग छ ।

खासमा खाँण अहिले जहाँ बसिरहेका छन्, त्यो डिएसपी भरतबहादुर शाहको कार्यकक्षहो । शाह तेस्रो वरीयताका अधिकृत हुन् । प्रहरीमा वरीयताअनुसार कार्यरत अधिकृतको कोठा तोकिन्छ । कोठामा सुविधा पनि सोहीअनुसार हुन्छ । सोहि कोठामा खाणलाई राख्ने भनेर प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरिदिएको छ । कोठामा सानदारको सोफा छ । फराकिलो कोठामा खाण एक्लै बस्छन् । घुस खाएको अभियोगमा यतिको सानदार कोठामा बस्न पाएपछि को किन चेत्छ होला र ? प्रश्न गम्भीर छ ।

अझ खास कुरा त के छ भने खाँणलाई ओड्ने ओछ्याउने सबै उनैको घरबाट ल्याउने सुविधा दिईएको छ । खाना पनि घरबाटै ल्याइन्छ । अरु अभियुक्तहरु विहान विहानै ट्वाइलेट बाथरुमका लागि लड्नुपर्छ तर उनलैई फ्रेस हुन भनेर गज्जबको बाथरुमको व्यवस्था छ । प्रहरीले भन्नचाहिं अत्यावश्यक बाहेकका व्यक्तिसंगबाहेक भेटघाट रोकेको भनेको छ, तर उनका पार्टीका ठुला नेताहरुले पठाएको मान्छेसँग उनको भेट जारी छ । प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की स्वास्थ्य र सुरक्षाका कारण खाँणका लागि केही विशेष प्रबन्ध गरिएको र यसमा अन्यथा मान्नुपर्ने केहि नभएको दाबी गर्छन् । तर अभियुक्तलाई पनि भीआईपीका नाममा दिइएको यस्तो सुविधाको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

अझ अचम्मको कुरा त यहि मुद्धामा अन्य अभियुक्त बस्ने कोठाको बिजोग छ । ४० जना थुनुवा एकै ठाउँमा बस्ने सो थुनुवा कक्ष निकै साँघुरो छ । यतिसम्मकि थुनुवा बस्ने कोठामा हावा जाने भेण्टिलेसनसमेत छैन । विभिन्न अपराधका अभियुक्त बस्ने यस्ता कोठामा सोहि मुद्धाका अन्य थुप्रै उकुसमुकुस भएर बसेका छन् । तर खाँणलाई भने भीआईपी भएकै कारण सुन्दै अफ्ट्यारो लाग्ने सुविधा दिईएको छ ।

खाँणलाई यतिसम्म मोज छ हिरासतमा पनि कि, उनी विहान उठ्ने बित्तिकै उनलाई फ्रेस हुनका लागि विशेष व्यवस्था छ । दाल, भात तरकारी अचार, अचार पनि दुई थरी, माछा मासुसहितको राजषी खाना घरबाटै आईपुग्छ । टक्क खाना खायो, बस्यो । पुलिस गाह्रो साह्रो के छ भनेर बेला बेला सोधीरहन्छ । अदालत जानुपर्दा वा केहि कामले बाहिर निस्कनुपर्दा गृहमन्त्री नै जसरी उनलाई बढो सानका साथ व्यवस्था गरिएको छ । हातमा हतकडी छैन । उनले जसो जसो भन्छन्, त्यसै त्यसै हुने गरेको छ । केहि अतिरिक्त खान मन लागे त्यसको पनि व्यवस्था छ । यहि बेला अन्य अभियुक्तहरु हातमा हतकडी लगाएर यहि कानुन, यहि विधिलाई विश्वास गर्दै न्याय पर्खिरहेका छन् ।

कानुनको आँखामा कोहि सानो ठुलो हुँदैन, तर नेपालमा त कानुनले पनि फलानो पूर्वगृहमन्त्री, फलानोचाहिं मन्त्री हुन नसकेको भन्दो रहेछ उही अपराधमा पनि । कानुनले दिने हिरासतको सुविधामा पनि भेदभाव नहुनुपर्ने हो । तर यो त नेपाल हो, यहाँ त हुनेरहेछ यस्तो भेदभाव । कानुन कार्यान्वयनमा सहयोग पुर्याउने प्रहरीले नै कोहि कथित भीआईपीका नाममा दिएको यस्तो सुविधाले कानुनको खिल्ली उडाएको विश्लेषण छ धेरैको । अनि अभियोग लागेर हिरासतमा बसेकाहरुले पनि यस्तो सुविधा पाउने भएपछि फटाहाहरुको मनोबल अझ बढेको तर्क छ धेरैको । बाँकी त के भन्नु ! सायद नेपालको कानुन, दैब नै जानुन भनेको यहि हो कि !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: