×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठमा बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जेठमा बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने

Artha Sarokar

२८ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जेठमा बैंकहरुले निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा वाणिज्य बैंकहरुमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

बैशाखमा निक्षेपको ब्याजदर घटाएपछि निक्षेपमा सुधार नभएको निश्कर्षसहित जेठमा निक्षेपका ब्याजदर यथावत् राख्ने निर्णय गरिएको एक वाणिज्य बैंकका सीईओले बताएका छन् । ‘यसअघि बैंकहरुमा निक्षेपको ब्याजदर एकल अंकमा झरिसकेको छ । ब्याजदर घटेपछि निक्षेपमा सुधार देखिएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ति सीईओले भने, ‘ब्याजदर घटाउँदा निक्षेप तितरबितर हुने जोखिम भएकाले निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको हो ।’

हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ । त्यस्तै, हाल बैंकहरुमा साधारण बचतको ब्याजदर भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी