×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिडि रेसियो घटेसँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै, कर्जा लगानीमा भने सङ्कुचन कायमै

काठमाडौैं । बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८५ प्रतिशतभन्दा तल झरेको छ । पछिल्ला दिन बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएपछि सिडि रेसियो निरन्तर घट्दो क्रममा देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ ।

सिडि रेसियो निरन्तर घटेसँगै बैंकिङ प्रणालीमा कर्जा लगानी पनि सहज अवस्थामा रहेको बैंकहरुले बताएका छन् । चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेसियो अहिले भने घट्दो क्रममा देखिएको हो । योसँगै चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्म आइपुग्दा केहि बैंकको सिडि रेसियो ८० प्रतिशतभन्दा पनि तल झरेको देखिएको छ ।

तुलनात्मक रुपमा बैंकहरुको सिडि रेसियो घटिरहेका बेला मर्जरमा गएका बैंकहरुको सिडि रेसियो भने केही माथि देखिएको छ । तर, तुलनात्मक रुपमा बैंकहरुको सिडि रेसियो घट्दै जाँदा बैंकहरुको लगानी गर्नसक्ने पूँजी पनि बढ्दै गएको देखिएको छ ।

यसो त पछिल्लो समय बैंकहरुमा निक्षेप संकलनमा सामान्य वृद्धि देखिए पनि कर्जा लगानीमा भने चाहेअनुसारको वृद्धि हुन नसकेको बैंकरहरुको दाबी छ । विभिन्न आन्दोलनका नाममा बैंकको ऋण नतिर्नेहरु बढीरहेको बेला बैंकहरुले सम्पूर्ण शक्ति कर्जा असुलीमा लगाउँदा बैंकहरुको कर्जा लगानी निरन्तर घट्न पुगेको विश्लेषकहरुको दाबी छ ।

बैशाखयता मात्रै बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३४ अर्ब रुपैयाँले घटेको छ । जेठ २ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ रहेको देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: