काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका सांसद विष्णु पौडेलले आर्थिक रुपमा मुलुक मन्दीमा गएको विषय सरकारले जनतासँग लुकाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भएको ‘प्रि-बजेट’को छलफलमा उनले कुल ग्रार्हस्थ उत्पादनको ऋणात्मक मूल्यले मुलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुरा पुष्टि गर्ने भन्दै सरकारले यो सूचना जनतासंग लुकाएको बताएका हुन् ।
संसदबाटै सांसद पौडेलले जनतामा त्रास आउने डरले देशको आर्थिक स्थिति मन्दीमा गएकोबारे सरकारले सूचना लुकाउँदा त्यसले जनताप्रतिको अविश्वास पैदा गर्ने तर्क गरेका छन् । ‘अघिल्लो आर्थिक वर्षका लगातारका दुई त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकको कुल ग्रार्हस्थ उत्पादनको ऋणातत्मक मूल्यले मुलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुराको पुष्टि गर्छ ।’, उलने भने, ‘आर्थिक रुपमा मुलुक मन्दीमा गयो भन्ने सच्याईलाई जनतामाझ दुरुस्त पुर्याउँदा त्रास पैदा हुन्छ भनेर लुकाएको सुन्छु । यो जनता प्रतिको अविश्वास हुन्छ । त्यसैले जस्ताको त्यस्तै समाजको अगाडि प्रस्तुत गर्नुपर्छ ।’
त्यस्तै, उनले देशले लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गरिएको भन्दै यस्ले देशको आर्थिक अवस्था झनै गम्भीर रहेको बताएका छन् । अघिल्लो वर्षको तुलनामा आजको मितिसम्म अहिले १३ प्रतिशतले कम राजस्व उठेको पनि उनले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्