काठमाडौं । जेठदेखि बैंकहरुमा कर्जाको ब्याजदर घट्ने भएको छ । पछिल्ला महिना बैंकहरुको आधार दर घट्दो क्रममा रहेको र हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठ महिनादेखि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर घट्ने भएको हो ।
राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था अनुसार आगामी जेठ १ गतेदेखि बैंकहरुमा कर्जाको ब्याजदर घट्ने एक वाणिज्य बैंकका सीईओले बताएका छन् । ‘जेठदेखि बैंकहरुमा कर्जाको ब्याजदर घट्ने स्थिति देखिएको सत्य हो ।’, ती सीईओले भने, ‘जेठदेखि बैंकहरुमा नयाँ कर्जाको हकमा १ प्रतिशत र पुरानो कर्जाको हकमा ०.५ प्रतिशतले ब्याजदर घट्न सक्छ ।’
राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले अब हरेक महिना ऋणको ब्याजदर परिवर्तन गर्नुपर्नेछ । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ’,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।’
यता नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पनि जेठदेखि बैंकहरुको ब्याजदर केही घट्ने निश्चित भएको बताएका छन् । कर्जाको ब्याजदर कति घट्ने ? भन्ने विषयमा यकिन नभए पनि ब्याजदर थप घट्ने पक्का भएको उनको भनाई रहको छ ।
बैंकहरुले यही बैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुका दरले घटाएका थिए । जेठमा कर्जाको ब्याजदर केही घट्ने भए पनि निक्षेपको ब्याजदर भने परिवर्तन नहुने संकेत बैंकरहरुले दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्