×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा सिएट टायरको ‘सिएट सपी’ नामक नयाँ सोरुमा सञ्चालन

PRIME CA

ललितपुरमा सिएट टायरको ‘सिएट सपी’ नामक नयाँ सोरुमा सञ्चालन

अर्थ सरोकार

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं । नारायणी अटो बिजनेस प्रा.लिले ‘सिएट सपी’ नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । आइतबार उक्त सोरुमाको एका कार्यक्रमकाबीच सिएट इंडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उद्घाटन गरेका हुन् ।

सोरुमको उद्घाटन गर्दै रावले सिएट टायरको नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिँदो इच्छा र आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि बताएका छन् ।

त्यस्तै, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । उक्त सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनको भनाई रहेको छ ।

यता सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता श्री एस.टि.सी.का प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सिएट टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको दाबी गरेका छन् । ‘हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’, उनले भने ।

सोरुम उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी दिएको छ । सिएटले उत्कृष्ट कार्यक्षमताको लागि फाईभ स्टारको मान्यता प्राप्त गरेको छ । गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ । त्यस्तै, उक्त उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: