×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ’- चन्द्र ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ’- चन्द्र ढकाल

Artha Sarokar

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन् । आर्थिक संकट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन् ।

काठमाडौंमा हिमालय सीमापार व्यापार संघद्धारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकमा देखिएको आर्थिक संकटमा केही समयपछि विस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने दाबी गरे । ‘एक-डेड वर्षमा अहिलेको अवस्थामा विस्तारै सुधार हुँदै जान्छ ।’, उनले भने, ‘व्यवसायीले निरास बन्नुपर्ने अवस्था छैन । आत्तिनु पर्दैन ।’

त्यस्तै, घरायसी समस्याका कारणले भएका आत्महत्या/हत्यालाई अर्थ र व्यापारसँग जोडेर विश्लेषण गर्नु ठिक नहुने ढकालको भनाई छ । ‘विभिन्न घरायसी र अन्य कारणले कतिपय मान्छेले आत्महत्या गरेका छन् । त्यसलाई अर्थ र व्यापारसँग जोडेर हेर्ने गरिएको छ । सबै बिषयलाई आर्थिक पक्षसँग जोडेर हरिनु ठिक होइन । यस्ता घटनामा यर्थाथ पक्ष हेरिनुपर्छ ।’– उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी