काठमाडौं । अग्रज लगानीकर्ता एवम् इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पूँजी बजार सुधारका लागि नयाँ स्टक एक्सचेन्ज अपरिहार्य भएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रमा मार्केट टकमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरुले वर्षौंदेखि उठाएको नयाँ ब्रोकर र स्टक एक्सचेन्जको मुद्धा पूरा हँुदा निकै खुसी लागेको रौनियारले बताए । ‘यो माग लगानीकर्ताको वर्षौं पहिलाको हो । यतिसम्म कि मैले नयाँ स्टक र ब्रोकरको लागि पशुपतिनाथमा गएर प्रारथानासमेत गरेको थिएँ । हाल उक्त प्रारथाना पूरा हुँदैछ ।’, उनले भने, ‘नेपालको पूँजी बजार सुधारका लागि यो कोसेढुँगा साबित हुन्छ ।’
त्यस्तै, उनले बजारमा नयाँ स्टक एक्सचेन्ज आउनु भनेको बजार र पुरानो स्टक एक्सचेन्ज सुध्रिनु दुवै भएको तर्क गरेका छन् । ‘नयाँ स्टक एक्सचेन्ज आयो भने पुरानो स्टक एक्सचेन्ज सिद्धिन्छ भन्नू गलत हो, यसले बरु बजारमा प्रतिष्पर्धा गराउँछ । पुरानो स्टक एक्सचेन्ज त झनै सुध्रिने हो, बिग्रिने होइन ।’, उनले भने, ‘सेबोनकै पूर्व अध्यक्ष, नेप्सेकै पूर्व सीईओले पूँजी बजार सुधारका लागि नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भनेर भन्नुभएको छ । त्यसैले अहिले नयाँ स्टक एक्सचेन्जको विरोध गर्नु भनेको फगत विरोधका लागि विरोध मात्रै हो ।’
यसो त नयाँ स्टक एक्सचेन्जविरुद्धको गतिविधि आजमात्र नभएर विगतदखि नै हुँदै आएको उनको भनाई छ । हिजोका दिनमा एमालेको सरकार हुँदा पनि नयाँ स्टक एक्सचेन्जको विरोध भएको स्मरण गराउँदै उनले यसपाली काँग्रेसले विरोध गर्नु नौलो नभएको बताएका छन् । छोटेलाल रौनियासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्