×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धितोपत्र बोर्डको निर्णय स्वागतयोग्य छ, १३ वर्षअघि पशुपतिनाथलाई गरेको प्रारथना पूरा भयो’- छोटेलाल रौनियार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार

PRIME CA
laxmi sunrise bank

‘धितोपत्र बोर्डको निर्णय स्वागतयोग्य छ, १३ वर्षअघि पशुपतिनाथलाई गरेको प्रारथना पूरा भयो’- छोटेलाल रौनियार

काठमाडौं । इन्भेष्टर फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियारले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढ्नु स्वागतयोग्य भएको बताएका छन् । सोमबार धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई एलओआई दिने निर्णय गरेसँगै यो निर्णय पूँजीबजारका लागि स्वागतयोग्य रहेको रौनियारले बताएका हुन् ।

नयाँ ब्रोकरको माग अहिलेको नभएर १३ वर्षअघिको माग रहेको बताउँदै उनले ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढेसँगै १३ वर्षअघिको लडाई पूरा भएको बताए । ‘पूँजी बजारको सुधारका लागि नयाँ ब्रोकर चाहिन्छ भन्ने आवाज १३ वर्षअघिको हो । १३ वर्षअघि नयाँ ब्रोकर आओस् भनेर पशुपतिनाथमा प्रारथानासमेत गरेको थिएँ । त्यसबेला ब्रोकरकै साथिहरुले गाली गरे, आलोचनाको पात्र बनेँ तर अहिले आएर त्यो लडाईं पूरा भएको छ ।’, उनले भने, ‘बोर्डको यो निर्णयले म मात्र होइन, पूँजी बजारका सारा लगानीकर्तामा छुट्टै उत्साह छाएको छ ।’

‘कुनैबेला काठमाडौंको न्यूरोड, इन्द्रचोक, पुतलीसडक, अनामनगर र कमलपोखरी बाहेक अरु ठाउँमा ब्रोकर कम्पनी थिएनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै रौनियारले भने, ‘तर, पछि ब्रोकरका शाखा विस्तार भयो । र अहिले नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रक्रियाले मुर्त रुप पाएको छ । असाध्यै उत्साहित बनेका छौँ ।’

त्यस्तै, लगानीकर्ता रौनियारले ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको भन्दै धितोपत्र बोर्डलाई धन्यवादसमेत दिएका छन् । ‘धितोपत्र बोर्ड र बोर्डका अध्यक्षप्रति हामी कृतज्ञ छौँ । हामीले गरेको मागभन्दा पनि उहाँले १ ‘स्टेप’ माथि उठेर ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउनुभएको छ ।’, उनले भने, ‘उहाँको यो पहल र प्रयासलाई सेयर बजारका लगानीकर्ताले सदैव याद गर्नेछन् ।’

‘कुनै समय ब्रोकर लाइसेन्स लिनकै लागि भनसुन गर्नुपर्ने, घुस खुवाउनुपर्ने अवस्था थियो । तर, अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिले मापदण्ड पूरा गर्ने जोकोहीले पनि ब्रोकर लाइसेन्स लिन सक्ने अवस्था छ । यसमा ठूलो पहल र प्रयास बोर्डका बर्तमान अध्यक्ष रमेश हमालकै छ । उहाँले अन्तराष्ट्रिय अभ्यासलाई मान्यता दिएर कोटा सिस्टम हटाएर ब्रोकर लाइसेन्स लिने वातावरण सृजना गर्नुभएको छ । उहाँ र बोर्डप्रति हामी कृतज्ञ छौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: