×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढाकाकुमार श्रेष्ठको कार्वाही रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, तत्काल सांसद पद नजाने !

अर्थ सरोकार

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार

PRIME CA

ढाकाकुमार श्रेष्ठको कार्वाही रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, तत्काल सांसद पद नजाने !

काठमाडौं । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठमाथिको कार्वाही रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले सांसद र पार्टी सदस्यबाट निष्कान गरेको थियो । त्यसलगत्तै श्रेष्ठ आफूमाथिको कार्वाही गैरकानुनी भएको दाबीसहित सर्वोच्च पुगेका थिए । सवोच्चमा श्रेष्ठले दिएको रिट निवेदनमा सोमबार सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले ढाका कुमार श्रेष्ठलाई कार्वाही गर्नुपर्ने कारण देखाउन भनेको छ भने तत्कालका लागि उनको सांसद पद पनि खारेज नहुने भएको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न र अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रास्वपाको केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भएको सूचना जारी गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: