×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै घरजग्गामा लगानी बढ्यो, चैतमा मात्रै ६ अर्ब बढी कर्जा प्रवाह !

PRIME CA

बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै घरजग्गामा लगानी बढ्यो, चैतमा मात्रै ६ अर्ब बढी कर्जा प्रवाह !

अर्थ सरोकार

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै घरजग्गा (रियल स्टेट)मा प्रवाह हुने कर्जामा पनि वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ६ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको छ ।

तरलता अभाव र मुलुकभर देखिएको आर्थिक संकुचनका कारण चालु आर्थिक वर्ष २०७९ ८० को साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्रमा कुल ५ अर्ब १० करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । चैतसम्मको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले घरजग्गा (रियल स्टेट)मा कुल ११ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ । जसअनुरुप पछिल्लो ८ महिनाको भन्दा चैत्र महिनामा मात्रै घरजग्गामा धेरै कर्जा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा बैंकिङ प्रणालीबाट घरजग्गामा १५ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत आर्थिक वर्षमा घरजग्गामा प्रवाह भएको कर्जामध्ये आवासीय घरजग्गामा २ अर्ब ६ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, चालु आर्थिक वर्षमो सोही शिर्षकमा ९ महिनामा २ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा व्यापारिक कम्प्लेक्समा ३ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ ऋण लगानी भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा ५ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा अन्य जग्गा खरिद र प्लटिङमा ७९ करोड २४ लाख कर्जा प्रवाह भएको छ । त्यस्तै, १० अर्ब ६६ करोड १० लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (डेढ करोडसम्म) प्रवाह भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: