काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्नेहरुको तीनपुस्ते सम्पत्ति हरण गर्ने गरी कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले भ्रष्टाचारीहरुको तीनपुस्ते सम्पत्ति हरण गर्ने र आजीवन काराबास गर्ने कानुन बनाउनुपर्ने माग गरेका छन् ।
पछिल्ला दिन देशमा भ्रष्टाचार अस्वभाविक रुपमा मौलाएको दाबी गर्दै सांसद शाहीले यसको न्यूनीकरणका लागि पार्टी पंक्ति र सिद्धान्त एंव दलभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुपर्ने बताए धारणा राखेका छन् ।
‘अहिलेसम्मका सबै काण्डमा लड्ने हो ? पार्टी पंक्ति र सिद्धान्त एवम् दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो ?’, संसदमा प्रश्न गर्दै शाहीले भने, ‘यदी हुनुहुन्छ भने हेर्न चाहन्छु ।’
त्यस्तै, सांसद शाहीले संसदमा आफ्नो धारणाप्रति सांसदहरुको जवाफ माग गर्दैै भ्रष्टाचारजस्तो जघन्य अपराधमा ‘तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु, तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु’ प्रवृत्तिले भ्रष्टचार न्यूनिकरण नहुने बताएका छन् । उनले थपे– ‘भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पति हरण गर्ने आजीवन कारावास ठोक्ने कानुन यही संसदबाट बनाएर लागु गरौं ।’
सांसद शाहीले संसदबाटै हाल भ्रष्टाचारमा संलग्नहरु नै भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी भएको आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्