Skip to content
LAXMI SUNRISE BANK

‘३३ वर्षमा जन्मिएका भ्रष्टाचार गर्ने ‘धुन्दुकारी’को ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ’- हरि ढकाल

अर्थ सरोकार

काठमाडौं । सांसद हरि ढकालले भ्रष्टाचार गर्नेहरु ‘पापी’ र ‘धन्दुकारी’ भएको बताएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद ढकालले भ्रष्टाचार गर्ने सबैजना ‘पापी’ भएको बताएका हुन् ।

संसदमा बोल्दै सांसद ढकालले ३३ वर्षमा जन्मिएका सबै ‘धुन्दुकारी’को ३३ सय भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने बताएका हुन् । ‘भ्रष्टचार गर्ने सबै पापी र धुन्दुकारी हुन् । ३३ वर्षमा जन्मिएका यस्ता धुन्दुकारीका ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ ।’, उनले भने, ‘कलियुगमा जे पनि गर्न पाइन्छ भने नसोचे हुन्छ, यहाँ जे पनि गर्न पाईदैन ।’

त्यस्तै, उनले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा देखाएको तदारुकताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK