×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न (फोटो-कथा)

BIZBAZAR

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

२ दिने सम्मेलनमा लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिइनुका साथै आर्थिक सुशासन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र संस्थाका सदस्यको भूमिका बढाएर मुलुकको अर्थतन्त्र सबल बनाउनका लागि योगदान गर्ने उद्देश्यका बारेमा बृहत छलफल गरिएको थियो ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको वित्तीय अनुशासन पालना गर्नका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताएका थिए । आर्थिक अनियमिततासँग जोडिएका विषय उजागर गर्नमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको भनाई रहेको थियो । ‘प्रत्येक वर्ष अनियमितता बढिरहेको छ । कर फर्छ्योटमा कमी देखिएको छ । निजी क्षेत्रमा जति पनि अनियमितता देखिएका छन्, त्यो भनेको अडिटरको पनि जिम्मेवारीभित्र पर्छ ।’, महालेखापरीक्षक शर्माले भने, ‘लेखा व्यवसायीले व्यावसायिक तरिकाले हेरिदिनुभयो भने यस्ता समस्या कम हुँदै जान्छन् । समस्या जति ढाकछोप गर्न थालिन्छ र मिलाउनतिर लागिन्छ, त्यति नै ठूलो समस्या आउँछ ।’

सोही कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले लेखा व्यवसायीले तयार पार्ने वित्तीय प्रतिवेदनबाट राज्यको अनुहार प्रतिबिम्वित हुने धारणा राखेका थिए । ‘लेखा व्यवसायीले तयार पार्ने वित्तीय प्रतिवेदनले राज्यको अनुहारलाई प्रतिबिम्बित गरेको हुन्छ । वित्तीय प्रतिवेदनको गुणस्तर कसरी सुधार गर्ने र व्यावसायिक सीप तथा दक्षता कसरी विकास गर्ने भन्ने विषय महत्त्वपूर्ण हो ।’, उनले भने, ‘लेखा व्यवसायीले तयार पारेको वित्तीय विवरणको आधारमा राज्यले प्राप्त गर्ने कर र कुनै पनि संस्थाको आर्थिक अवस्था कस्तो छ भनेर विश्वास गर्न सकिन्छ ।’

जेठ ३ गतेदेखि सुरु भएको सम्मेलनमा चार वटा प्राविधिक सत्र रहेको थिए भने १९ प्यानल सदस्य रहेका थिए । आईक्यानद्धारा आयोजत उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन भएको थियो । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनुका सात्रै तथा संस्थासँग सम्बन्धित वृत्तचित्र पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal