काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथामिकताबारे बोल्दै उनले नेपालमा पाँच सय र हजारको नोट प्रतिबन्ध गर्न माग गरेकी हुन् ।
बैठकमा बोल्दै पन्तले हाल ओरालो गतिमा लागेको अर्थतन्त्र उकास्नका लागि ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताइन् । ‘सँधैभर बिरालो बाँधेर श्राद्ध गर्नुहुँदैन ।’, उनले भनिन्, ‘बजेटमा गर्न सक्ने काम मात्रै गरियोस्, नसक्ने काम राखेर आश देखाउनु हुँदैन ।’
त्यस्तै, उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गरेकी छिन् । मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको पन्तको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्