काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपालीबाट करोडौं रुपैयाँँ संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा अहिले ‘हाईप्रोफाइल’ नै प्रहरीको हिरासतमा छन् । यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहन्त्रीदेखि गृहसचिव र तिनका छोराहरु पनि मुछिएपछि देश तरंगित बनेको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहन्त्री बालकृष्ण खाँणलाई यसअघि नै पक्राउ गरेको छ भने पूर्व उपप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी फरार छन् । यसो त प्रहरीले यो केसमा अन्य थुप्रै अभियुक्तलाई थुनामा राखेर अनुसन्धानसमेत थालेको छ ।
यसैबीच यो प्रकरणमा देउवा पत्नी आरजु राणा देउवा र पक्राउ परेका बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणको संलग्नताको चर्चाले अनुसन्धानलाई थप चोटीलो बनाएको छ ।
यसो त आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लेनदेनको विषयमा गरेको संवादको ‘अडियो’ पनि सार्वजनिक भएको छ । तर, उक्त अडियो ‘फेक’ भएको भन्दै राणाले प्रहरीको साईबर ब्युरोमा उजुरी नै दिएपछि प्रहरीले यस विषयमा थप छानबिन सुरु गरेको छ । तर, नागरिकस्तरबाट भने आरजु राणा र मन्जु खाँणलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थाल्नुपर्ने चर्को दबाब आईरहेको छ ।
यहीबीच देउवा पत्नी आरजु राणाले भने उक्त प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेकी छिन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले कुनै पनि बार्गेनिङ्ग नगरेको र संलग्नता नभएको दाबी गरेकी हुन् । यतिसम्म कि उनले उक्त ठगी प्रकरणमा एक पैसा पनि लेनदेन नगरेको भन्दै छोराको कसमसमेत खाएकी छिन् । ‘म मेरो छोरो जयविरको कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’, उनले भनेकि छिन्, ‘अरुको कुरा मलाई थाहा भएन तर यो प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन ।’
कसम झुटो साबित भए के हुन्छ ?
यसो त झुट बोल्नु वा झुटो कसम खानु पछिल्ला दिन ‘ट्रेण्ड’ जस्तै बनेको छ । कुनै कुरामा कसैलाई शंका लाग्यो भने आफ्नो, सन्तानको वा अभिभावककको कसम खाने चलन नेपाली समाजमा नयाँ होइन । तर, गिता, बाइबल, कुरानजस्ता शास्त्रमा पनि ‘झुटो कसम खानु हत्या गर्नुभन्दा ठूलो पाप हो’ भनिएको छ ।
अझ त्यसैमाथि आफ्नो सन्तानलाई साक्षी राखेर खाएको कसम झुटो साबित भए त्यसले जिन्दगीभरी पिरोल्ने शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै, आफ्नो सन्तानको झुटो कसम खाँदा त्यसले भावी दिनमा सन्तानको फलिफाप नहुने र जिन्दगीभर पिरोलिरहने पनि शास्त्रमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्