×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

च्याप्प समातेर हतकडी नलगाउनुको परिणाम : खाणले बरामद भएको गोप्य कागज प्रहरीको हातबाट खोसे, चपाए र निले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

च्याप्प समातेर हतकडी नलगाउनुको परिणाम : खाणले बरामद भएको गोप्य कागज प्रहरीको हातबाट खोसे, चपाए र निले

Artha Sarokar

३० बैशाख २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्ने क्रममा हातमा हतकडी नलगाउँदा महत्वपूर्ण प्रमाण नै नष्ट भएको छ । प्रहरीले बरामद गरेको बलियो प्रमाण नै खाँणले चपाएर निलिदिएपछि यस विषयमा प्रहरी चुकेको हो ।

खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनको घरमा खातलासी गर्दा गोप्य कागजसमेत बरामद गरेको थियो । सो कागजमा खाँणले केहि लेखेर बाहिर कसैलाई दिन खोजेका थिए भन्ने दाबी प्रहरीकै छ । तर खाँणले निकै चलाखीपूर्ण तरिकाले सो कागजात खोसेर, चपाएर निलिदिएका थिए ।

उनले अहिले थुनामा रहेका टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीसँग छ । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले खाणलाई पक्राउ गरेको थियो । तर हातमा हतकडी नलगाईदा प्रहरी बलियो प्रमाण फेला पार्नबाट पुन: चुकेको छ ।

उनलाई हतकडी नलगाएको विषय अहिले पेचिलो बनिरहेका बेला उनले प्रमाण नै निलिदिएको घटनाले प्रहरीलाई थप चिन्तित बनाएको छ । यसो त प्रहरीले सो कागजका बारेमा पनि उनलाई पटक पटक सोधपुछ गरिसकेको छ । तर उनले त्यसमा केहि थिएन भन्ने जवाफ दिईरहेका छन् । उनले यस प्रकरणमा लेनेदन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी