काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हाल सतहमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई सत्य कुरा थाहा भएको दाबी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणका बारेमा सत्य कुरा आफूलाई थाहा भएको बताएका हुन् । यतिसम्मकी उनले यस प्रकरणको पृष्ठभूमि र संलग्न रहेकाको भूमिकाको बारेमा पनि आफू जानकार रहेको दाबी गरेका छन् ।
‘यो प्रकरणबारे खास सत्यता मलाई सबै थाहा छ । यसको पृष्ठभूमि के हो ? कसको के भूमिका छ ? भन्ने लगायतका विषयको जानकारी मलाई छ ।’, उनले भने, ‘यो प्रकरणका सबै सत्य कुरा जेठ ४ गतेको संसद बैठकमा बोल्छु ।’
त्यस्तै, उनले एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘सोझै पैसा लिनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी किन जारी गरिएको होला ?’, उनले प्रश्न गर्दै भने, ‘पक्राउ पूर्जीको बाहनामा प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो, त्यसैले सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्