काठमाडौ । केही दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणबारे ‘पोल’ खोल्ने दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परे । ‘सत्यतथ्य कुरा मलाई थाहा छ, ४ गतेको संसदमा सबै कुरा खोल्छु’ भनेका ओली बैठकमा सहभागी नै भएनन् । बरु उल्टै बिरामी भएको भन्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी पठाए ।
ओलीले सामाजिक सञ्जाल फेसबुकबाट पनि आफू बिरामी भएको जानकारी गराएका छन् । प्रतिकुल स्वास्थ्यका कारण प्रतिनिधिसभाको बैठकमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्यमा सुधार आए लगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएको तथ्य संसदमै राख्ने बताएका छन् ।
‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण म संसदको बैठकमा सहभागी हुन सकिन ।’, उनले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएको तथ्य संसद बैठकमा राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’
त्यस्तै, ओलीले देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताएका छन् । सांसदहरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकेमा मात्रै हरेक नागरिकले संसदमा आफैं भएको महसुस गर्न पाउने ओलीको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्