×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले सेयर लिलामी बिक्री गर्दै, १९ गतेदेखि आवेदन दिन पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकले सेयर लिलामी बिक्री गर्दै, १९ गतेदेखि आवेदन दिन पाइने

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले वैशाख १९ गतेदेखि १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल, कमलादी काठमाडौंमा खोलिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी