×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीलाई लगानीकर्ताको ६ बुँदे माग, स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रियामा ढिलाई नगर्न आग्रह

काठमाडौं । सेयर बजारका लगानीकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार लगानीकर्ताका संघ संगठनहरुले पूँजी बजार सुधारका लागि विभिन्न ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेका लगानीकर्ताले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका हुन् ।

यस्तै, १२ करोड सम्मको सेयर कर्जाको सिमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् । सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न अनुरोध गरेका छन् ।

लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यस्तै, लगानीकर्ताले विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न अनुरोध गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: