×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीसँगको भेटपछि लघुवित्त पीडितको अनसन स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्रीसँगको भेटपछि लघुवित्त पीडितको अनसन स्थगित

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगको छलफलप्रश्चात लघुवित्त पीडितहरुको अनसन स्थगित भएको छ । प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएपपछि लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच छलफल भएको थियो ।

सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनकै निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिएका छन् ।

यता लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले भने तत्कालका लागि आमरण अनसन मात्रै स्थगित गरेको बताएका छन् । ‘प्रधानमन्त्रीसँगको भेटपछि तत्कालका लागि आमरण अनसन स्थगित गरेका छौँ । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले वार्तामार्फत समस्या हल गर्ने आश्वासन दिनुभएको छ ।’

त्यस्तै, उनले आफूहरुको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै माग पूरा हुनेमा विश्वास व्यक्त गरेका छन् । माग पूरा नभएको अवस्थामा भने आमरण अनसन बस्ने वा आन्लोदन थप चर्काउने विषयमा भने छलफलपछिमात्रै थाहा हुने ज्ञवालीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी