×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकबाट ग्राहकको पैसा हराएको भन्दै सांसदको आक्रोश- ‘तत्काल सो पैसा फिर्ता गरियोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकबाट ग्राहकको पैसा हराएको भन्दै सांसदको आक्रोश- ‘तत्काल सो पैसा फिर्ता गरियोस्’

Artha Sarokar

८ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रौतहटमा माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट रामेश्वरराय यादवको ९ लाख रुपैयाँ गायब भएको घटनाले संसदमा पनि स्थान पाएको छ । सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवप्रसाद तिमेल्सिनाले माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको लाखौँ रुपैयाँ हराएको घटनाप्रति खेद प्रकट गरेका छन् ।

संसदमा बोल्दै सांसद तिमेल्सिनाले रामेश्वरराय यादवले छोरीको विवाहका लागि जम्मा गरेको रकम नै बैंकबाट हराएको बताए । ‘माछापुच्छ्रे बैंकमा एउटा किसानले आफ्नो छोरीको विवाह गर्नका लागि १२ लाख रुपैयाँ जम्मा गरे । रकम जम्मा गरेको रेकर्ड उनको मोबाइलमा पनि आयो ।’, सांसद तिमेल्सिनाले भने, ‘बिहीबार बैंकमा जम्मा गरेको रकम आइतबार झिक्न जाँदा खातामा पैसा नै छैन । कसले ह्याक गरेर लग्यो ?’

बैंकबाटै रकम चोरी हुन थालेपछि यो देशमा बैंक पनि सुरक्षित नभएको भन्दै सांसद तिमेल्सिनाले आक्रोश पोखेका छन् । ‘छोरीको बिहे गर्न किसानले बैंकमा जम्मा गरेको रकम नै सुरक्षित नभएपछि अरु के सुरक्षित हुन्छ ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘त्यस्तो अपराधीलाई यथाशिघ्र कानुनी कठघरामा ल्याएर कार्वाही गर्नुपर्छ ।’

त्यस्तै, सांसद तिमेल्सिनाले बैंकबाट हराएको रकमको जिम्मेवारी बैंकले लिनुपर्ने माग गरेका छन् । उनले भने, ‘उहाँको छोरीको बिहेका लागि बैंकले तत्काल पैसा उपलब्ध गराओस् र दोषीमाथि कार्वाही गरियोस् ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी