×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

खाताबाटै ९ लाख हराएको केसमा माछापुच्छ्रे बैंकले सीआईबी गुहार्यो, रकम सानिमा र सिटिजन्स बैंकमा ट्रान्सफर भएको पुष्टी

BIZBAZAR

काठमाडौं । माछापुच्छ्रे बैंकमा ग्राहकको खाताबाटै ९ लाख रुपैयाँ हराएको केस सीआईबिमा पुगेको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट वृन्दावन नगरपालिकाका रामेश्वर राय यादवको ९ लाख रुपैयाँ हराएको केस सीआईबीमा पुगेको हो ।

बैंकमा रहेको यादवको खाताबाट शंकास्पद रुपमा गायब भएको ९ लाख रुपैयाँ खल्ती एप र मोबाइल बैंकिङमार्फत सिटिजन्स बैंक र सानिमा बैंकमा रहेको २ वटा खातामा ट्रान्सफर भएको देखिएको बैंकको भनाई छ । हालसम्म बैंकले गरेको आन्तरिक अनुसन्धानबाट खुलेको सम्पूर्ण तथ्य र विवरणसहित थप छानबिनका लागि सीआईबीमा उजुरी गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उजुरीमा रकम ट्रान्सफर भएको सिटिजन्स बैंक र सानिमा बैंकका दुई जनालाई विपक्षी बनाइएको छ ।

भएको के हो ?
७ जेठ गते आइतबार यादव चेक साट्न भन्दै रौतहतको चन्द्रपुर शाखामा पुगे । खातामा प्रयाप्त रकम रहेको एकिन भएका उनी ८ लाख रुपैयाँको चेक साट्न भन्दै बैंक गएका थिए । तर, जब उनले बैंकको ट्रेलरमा चेक दिए तब उनको खातामा पैसा नै थिएन । आफ्नो खातामा भएको लाखौँ रकम खाताबाटै गायब भएको थाहा पाएपछि यादब मुर्छित भए । ‘मेरो खातामा कति पैसा थियो भन्ने थाहा पाएरै मैले ८ लाखको चेक साट्न बैंक गएको हुँ । शुक्रबार त मेरो खातामा रकम जम्मा भएको म्यासेज नै आएको छ ।’, यादवले भने, ‘तर, आइतबार बैंक पुग्दा खातामा पैसा नै देखिएन । मैले निकालेको पनि छैन र कतै ट्रान्सफर पनि गरेको छैन । अनि बैंकबाटै मेरो पैसा कसरी चोरी भयो ?’

पीडित यादवका अनुसार शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको १ लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए ।

शुक्रबारमात्रै आफ्नो खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको म्यासेज पनि आएको यादवले दाबी गरेका छन् । उनका अनुसार आइतबार ८ लाखको चेक लिएर साट्न बैंक पुग्दा बैंकका कर्मचारीले खाताबाट ९ लाख रुपैयाँ गायब भएको जानकारी दिएका थिए । शुक्रबारसम्म खातामै रहेको पैसा रहस्यमय तरिकाले हराएपछि आइतबार पीडित पक्षले बैंकको रौतहटस्थित चन्द्रपुर शाखा घेराउ समेत गरेका थिए ।

बैंक र ग्राहकबीच घटनाका अनुसन्धान १ महिनाभित्र सिध्याउने र प्रहरी अनुसन्धानबाट जसको गल्ती देखिन्छ रकम उसैले बेहोर्ने सहमति भएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal