×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मौद्रिक नीतिको समिक्षाको प्रभाव के ? बुँदागत विश्लेषण (भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७-८० को तेस्रो त्रैमासको मौद्रिक नितीको समिक्षा सार्वजनिक गरेको छ । आजको यो अंकमा हामी यो समिक्षाका केही खास बुँदा र समिक्षाले पार्ने प्रभावका बारे चर्चा गर्दैछौँ ।

१. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासको समिक्षामार्फत बैंक दरलाई १ प्रतिशतले घटाई ७.५ प्रतिशत कायम गरेको छ । यस बाहेक राष्ट्र बैंकले अन्य नीतिगत दर र ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरुलाई यथावत राखेको छ । अब यसको प्रभाव तिर लागौँ, यो व्यवस्थाले तरलता सहजतासंगै घटेको अन्तर बैक ब्याजदरसंगै यो घटेको बैंक दरले बैकिङको ब्याज खर्च घट्ने छ भने सरकारी ऋणपत्र र सेक्युरिटिहरुको ब्याजदर विस्तारै घट्दै जाने सङ्केत देखिदा यसले सरकारको ब्याज खर्चमा समेत राहत पुग्नेछ ।

२. बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप)को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई बैंकले मौद्रिक नीति मार्फत २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिएको छ । अब यसको प्रभाव बुझौँ, यो आर्थिक बर्षमा बढ्दो रेमिटेन्स र घट्दो कर्जाको मागसँगै सहज हुदै गएर ८५.५ प्रतिशतभन्दा तल कायम रहेको सिडि रेसियोको सहजताको लागी थप ६ महिना प्राप्त भएको छ । यसले कर्जा विस्तारमा बिस्तारै चल्न थालेको प्रतिस्पर्धा कायम रहने छ र कर्जाका ग्राहकहरुले पहिले भन्दा सस्तो ब्याज दरमा कर्जा प्राप्त गर्नेछन । बैकहरुले लामो समयमा पर्न सक्ने असर हेर्न सकेनन् भने एक अर्काको कर्जा सस्तो दरमा तानातान सुरु गर्नेछन । जसको कारण बैकिङको स्प्रेड घट्दै जानेछ ।

३. राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाईने भएको छ । यसको प्रभाव हेर्ने हो भने समस्याग्रस्त क्षेत्रहरूलाई यसले राहत दिनेछ भने बैंकको खराब कर्जा अहिलेकै दरबाट बढ्न कमी हुनेछ ।

४.अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र रु.५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने भानिएको छ समिक्षामा । यसको प्रभाव हेर्ने हो भने उल्लेखित क्षेत्रहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछ र बैकिङको खराब कर्जा ब्यबस्थापनमा केहि सहजता हुनेछ । यसले बैकिङलाई मुनाफालाई कायम राख्न केहि हदसम्म सहयोग गर्ने देखिन्छ ।

५.वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ । अब यसको प्रभाव हेर्ने हो भने समस्याग्रस्त क्षेत्रहरूका ऋृणीहरुलाई केहि राहत हुने देखिन्छ। बैकहरुले यसै पनि यस्ता ऋृणीहरुलाई हर्जाना र शुल्क माफ गरिरहेकै अबस्था थियो। पहिले बैकरहरुको तजबिजमा छुट प्राप्त हुने स्थीती थियो भने अब नियामकिय ब्यबस्था भएको छ ।

६.वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिको समिक्षामा भनीएको छ । यसको प्रभाव हेर्ने हो भने लघुवित्तका ऋृणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन र लघुवित्त को खराब कर्जा ब्यबस्थापनमा केहि सहजता हुनेछ । यसले लघुवित्त वित्तीय संस्थाको मुनाफालाई कायम राख्न केहि हदसम्म सहयोग गर्नेछ ।

यसरी समग्रान हेर्ने हो भने मौद्रिक नीति न गतिलो, न नराम्रो, फगत औसत देखिन्छ । यसै पनि सरकार र राष्ट्र बैंकको सम्बन्ध खासै गतिलो नभएकोले यो समिक्षाबाट खासै अपेक्षा गरिएको थिएन । तत्कालै आगामी बजेटको पर्खाईकाबीच आउने समिक्षाबाट खास ठूलो अपेक्षा पनि थिएन । नेपाल राष्ट्र बैंक अहिलेसम्म हेर्ने हो भने आफ्नो लक्ष्यमा सफल देखिएको छ । कतिपय अबस्थामा आलोचना सहदै भए पनि तरलताको स्थीती, मुद्रास्फिति, बैदेशीक विनिमय संचीती र शोधनान्तर स्थीतीलाई लयमै राख्न सक्षम भएको राष्ट्र बैंकका लागि आउदो आर्थिक वर्षको मौद्रिक निती एकदमै चुनौतिपूर्ण छ । अब चौतर्फी चासो यसैतर्फ हुने देखिएको छ ।

(विश्लेषण सहयोगः बैंकर मनोज ज्ञवाली)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: