काठमाडौं । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुने भएको छ । आइतबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (सोमबार)देखि एमडिएमएस प्रणाली लागू हुने जनाएको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले २९ वैशाखमा प्रकाशित गरेको ‘यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी’ सूचना अनुसार मोबाइल सेटहरू दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न सोमबारदेखि एमडीएमएस प्रणाली लागू हुने भएको हो ।
योसँगै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल सरकारको निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सक्नेछन् । यसको लागि प्रणालीमा डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पनि राख्नुपर्ने हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्