काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणसहितका अन्य अभियुक्तलाई आइतबार अदालतले ४ दिन थप हिरासतमा राख्न अनुमति दिएको हो ।
संगठित अपराध, ठगी लगायतका मुद्धामा अनुसन्धान भईरहेको अवस्थामा अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले थप समय हिरासतमा राख्न माग गरेको थियो । सोही अनुसार अदालतले म्याद थप गरेको हो ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्