काठमाडौं । तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी लिएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर करोडौं रकम असुल्ने कार्यमा संलग्नता पाइएपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी लिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझीले नक्लकी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक करोडको चेक लिएको पाइएको छ ।
यता सोही पक्ररणमा संलग्नता भएको ठहर गर्दै प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । गृहमन्त्रीलाई घुस खुवाएर भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दै भएको ठगीमा सचिव पाण्डेको संलग्नता पाइएपछि उनलाई पेप्सिकोलाबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।
त्यस्तै, सोही ठगिमा संलग्न रहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने प्रहरीले मंगलबार नै प्रक्राउ गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन । अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो । तर, राजनीतिक जोडबलमा यसको अनुसन्धान भएको थिएन । तर, प्रचण्ड सरकारमा पुगेपछि यो केस अघि बढेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्