काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका अन्य अभियुक्त थप तीन दिन हिरासतमा रहने भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्नु अनुमति दिएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम संकलन गर्ने संगठित गिरोहका १४ जनाको प्रहरीले बयान लिईसकेको छ । त्यस्तै, प्रकरणमा मुछिएका पूर्व सांसद आङटावा शेर्पाको भने बयान लिन बाँकी छ ।
यसअघि सरकारी वकिलको कार्यालयले प्रहरीलाई अनुसन्धान छिटो सिध्याउन निर्देशन दिएको थियो । तर, प्रकरणमा संलग्नताको बलियो प्रमाण फेला नपरेपछि अनुसन्धान लम्बिएको हो ।
हाल उक्त प्रकरणमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्