×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भुटानी सरणार्थी बनाई अमेरिका पठाउने राई पक्राउ, गृहमन्त्रीलाई बुझाउने भन्दै उठाउँथे करोडौँ !

PRIME CA
GLOBAL IME BANK

नक्कली भुटानी सरणार्थी बनाई अमेरिका पठाउने राई पक्राउ, गृहमन्त्रीलाई बुझाउने भन्दै उठाउँथे करोडौँ !

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृहमन्त्रीलाई घुस खुवाएर भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दैतत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरेको खुलासा भएको छ । गृहमन्त्री र गृहसचिवलाई घुस खुवाउन भन्दै विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ असुलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका छन् ।
बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए ।
प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन । अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो । तर राजनीतिक जोडबलमा यसको अनुसन्धान भएको थिएन ।
तर प्रचण्ड सरकारमा पुगेपछि यो केस अघि बढेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: