काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको कार्वाहीमा आम जनताले दिएको साथले सरकारलाई थप उर्जा मिलेको टिप्पणी गरेको छन् ।
लोक साहित्यकार, संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०४औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको जालोलाई तोड्ने क्रममा गरेको काममा आम जनताको सहयोगले सरकारलाई थप उर्जा मिलेको बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण संगठित भ्रष्टाचार भएकोले यसमा अझ थप जटिलता आउन सक्ने श्रेष्ठको भनाई छ । ‘हामीले शून्य सहनशीलतामा काम गरिरहेका छौँ । यसमा अझै थुप्रै जटिलता आउन सक्छन् ।’, उनले भने, ‘तर जनस्तरबाट पाएको साथले निष्पक्ष छानबिनमा थप बल पुगेको छ ।’
त्यस्तै, गुहमन्त्री श्रेष्ठले मुलुकलाई सुशासनका अभियानमा अघि बढाएको समेत बताएका छन् । ‘समृद्धिको कुरा गर्ने भाषण गर्ने तर कमिसनको जालो र भ्रष्टाचारको जालोलाई तोड्न नसक्ने हो भने सुशासन स्थापित गर्न नसक्ने पुष्टि भईसकेको छ । अहिले सरकार सुशासनलाई स्थापित गर्ने र सामाजिक न्याय स्थापित गर्ने कुरामा दृढ छ । त्यही क्रममा केही कार्वाही अगाडि बढेको छ ।’, उनले भने, ‘यसप्रति पाएको आम समर्थनले सरकारलाई उर्जा मिलेको छ । सबैको साथ सहयोगबाट समर्थन सहित सुशासनको अभियान अगाडि बढाइने छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्