×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १ अर्व ६ करोड खराब कर्जा थपियो, ‘प्रोभिजनिङ’ गर्न राष्ट्र बैंकको निर्देशन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १ अर्व ६ करोड खराब कर्जा थपियो, ‘प्रोभिजनिङ’ गर्न राष्ट्र बैंकको निर्देशन !

काठमाडौं । नेपाल  इन्भेष्टमेन्ट मेगा बैंकमा एउटै कम्पनीको १ अर्व ६ करोड रुपैयाँ कर्जा खराब कर्जामा परिणत भएको छ । नवीकरण हुन नसक्दा स्वतः लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमले लिएको करिब एक अर्ब छ करोड रुपैयाँ ऋण खराब कर्जामा गएको हो ।

बैंकले कम्पनीलाई दीर्घकालीन ऋणका रुपमा ८६ करोड ७१ लाख र ओभरड्राफ्ट ऋणको रुपमा १० करोड गरी ९६ करोड ७१ लाख रुपैयाँ ऋण दिएको थियो ।

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण शाखाले इन्भेष्टमेन्ट बैंकलाई सो खराज कर्जा बरारारको रकम ‘प्रोभिजनिङ’ गर्न भनेको छ । यता प्राइम कमर्सियल बैंकमा पनि कम्पनीको यतै ऋण झन्डै ६१ करोड छ ।

यता बैंकले भने कानुनी प्रक्रिया पूरा गरेर सो ऋण असुल गर्ने तयारी भईरहेको दाबी गर्दै आएको छ । कम्पनीको लाइसेन्स खारेज भए पनि कम्पनीको सम्पत्ति लिलामी गरेर ऋण असुल गर्ने बैंकको दाबी छ । तर बैंकले भनेजस्तो सहजै ऋण असुल हुने अवस्था भने नरहेको बैंकिङ जानकारहरुको दाबी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले समेत सो कम्पनीबाट झन्डै ६ सय करोड रुपैयाँ असुल गर्न बाँकी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: