×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको संचालक समितिमा बज्राचार्य नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

निफ्राको संचालक समितिमा बज्राचार्य नियुक्त

काठमाडौँ । ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को संचालक समितिमा नियुक्त भएका छन् । बैंकको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई बैंकको संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।

निफ्रामा रिक्त रहेको संस्थापक समुह तर्फको संचालक पदमा बज्राचार्यलाई वैशाख १७ गते देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

त्यस्तै निफ्राले बैंकका संचालक समिति सदस्य सुमन पोखरेल (संचालक, सर्वसाधारण समुह) ले पदबाट दिएको राजिनामा वैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । पोखरेलले आफ्नो व्यक्तिगत कार्यव्यस्तताको कारणले संचालकको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै पदबाट राजिनामा दिएका थिए ।

संचालकको नयाँ नियुक्ति र राजिनामा पश्चात निफ्राको संचालक समति देहाय बमोजिम कायम भएको छ ।

१. अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लिमिटेड), संस्थापक – अध्यक्ष
२. श्रीकृष्ण नेपाल (प्रतिनिधि, नेपाल सरकार), संस्थापक – सदस्य
३. लालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड), संस्थापक – सदस्य
४. रत्नराज बज्राचार्य (प्रतिनिधि, ग्लोबल आइएमई बैंक लिमिटेड) – सदस्य
५. शंकर प्रसाद अधिकारी, स्वतन्त्र संचालक – सदस्य
६. लिमा अधिकारी आचार्य, सर्वसाधारण शेयरधनी – सदस्य

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: