×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero : ‘लुट’ फिल्मको शैलीमा लुटियो एनएमबि बैंक, ग्राहकको गम्छामा पोको पारेर लगियो ३५ लाख ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

Ground Zero : ‘लुट’ फिल्मको शैलीमा लुटियो एनएमबि बैंक, ग्राहकको गम्छामा पोको पारेर लगियो ३५ लाख ! (भिडियो)

महोत्तरी । महोत्तरीस्थित एनएमबिबैंकको साखाको घडीमा मंगलबार मध्यान्ह १२ बजेर २५ मिनेट गएको थियो । बैंकको काम नियमित चलिरहेको थियो, पैसा डिपोजिट गर्न आउने डिपोजिटकर्ता र पैसा झिक्न आउने ग्राहकहरु बैंकमा आ-आफ्नो कामका लागि आएका थिए । बैंकका कर्मचारी पनि आ-आफ्नो काम गरिरहेका थिए । तर घडीले १२ बजेर २५ मिनेट भयो भन्ने देखाईरहँदा बैंकमा ४ जना हतियारधारीहरु बैंक लुट्ने छिरे ।

बैंक लुट्न आएकाहरुकोमुखमा मास्क थियो, हातमा पेस्तोल । बैंक लुट्न आएका ४ जना मध्ये ३ जना भित्र पसे र त्यहाँका कर्मचारीहरुलाई पेस्तोल देखाएर थर्काए । पेस्तोलधारीहरुको धम्कीपछि भित्र रहेकाहरु पनि चुप भए । लुटेरा टिमको एउटाले पैसा पोको पार्ने कपडा ल्याउन आदेश दिएपछि दुईले ग्राहकको काँधबाट गम्छा थुत्न खोजे । लुटेराको टिममध्ये निलो शर्ट र कालो पाइन्ट लगाएको व्यक्तिले पिङ्क कलरको कपडा लगाएको ग्राहकबाट गम्छा थुत्यो र भित्र गयो । अर्को लुटेरा पनि अर्को ग्राहकको गम्छा थुत्दै थियो, भित्रबाट आवाज आयो- भयो भयो । त्यसपछि बाहिर रहेको सो लुटेरा पनि भित्र पस्यो । भित्र पसेको लुटेराले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्यो र अरु ग्राहकहरुलाई पनि थर्काउदै आफ्नो ठाउँमा बस्न निर्देशन दियो । एक लुटेरा बाहिर सबै ग्राहकलाई पेस्तोल देखाएर थर्काउँदै थिए । पछि दुई लुटेरा पनि पनि बाहिर निस्किए र ग्राहकहरुलाई थर्काए । त्यसपछि एउटा लुटेराले पुन: अर्को ग्राहकको गम्छा पनि थुत्यो र बैंक लुटेर बाहिर निस्कियो ।

बैंक लुटेर भागेपछि बल्ल प्रहरीलाई बोलाउने वातावरण बन्यो…

बैंक लुटेर लुटेराहरुको टिम भागेपछि कर्मचारीलाई के गर्नु र कसो गर्नु भयो, जुन स्वाभाविक थियो । पहिला उनीहरुले प्रहरीलाई बोलाए र प्रहरी केहि समयपछि घटनास्थल पुग्यो । बैंक लुट्नेहरु बैंकको ३८ लाख रुपैयाँ लिएर भागिसकेका छन् र बैंकको सो साखाले बैंक लुटिएको खबर प्रहरीसँगै बैंकको उपल्लो तहलाई पनि जानकारी दिईसकेको छ । घटना भएपछि अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनाबारे बुझ्न बैंकको उपल्लो तहका कर्मचारीहरु समेत घटनास्थलमा पुगिरहेका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित बैंकको शाखामा भएको यो घटनाबारे प्रहरीले गहिरो रुपमा अनुसन्धान गरिरहेको छ । बैंकको उक्त शाखामा कर्मचारीलाई स्थानीय हतियार देखाएर लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । उनका अनुसार मोटरसाइकलमा आएका ४ जनाको हरियारधारी समूहले पेस्तोल देखाएर रकम लुटेको हो । बैंकका कर्मचारीलाई हतियार देखाएर काउन्टरमा भएको रकम सोरसार पारी लुटेको प्रहरीको भनाई छ ।

बैंक लुटिएपछि प्रहरीले त्यहाँ विशेष सर्च अपरेशन चलाएको छ । यतिबेला लुटेराहरुको तिब्र खोजी भईरहेको छ भने सो बेला बैंकमा हुने कर्मचारी र केहि उपलब्ध ग्राहकहरुको प्रारम्भिक बयान प्रहरीले लिईसकेको छ । बैंकले प्रहरीलाई करिब ३५ लाख रुपैयाँ लुटिएको जानकारी गराएको छ । घटनापछि प्रहरीको रोहबरमै कति पैसा चोरी भएको छ भन्ने तथ्यांक संकलन पनि भएको छ ।

बैंक भएको स्थानको छेवैमा केहि साना घर छन् । प्रहरीले त्यहाँ बस्नेहरुलाई पनि घटनाको बारेमा केरकार गरेको छ । प्रहरीको दाबी छ- ‘लुटेरा जो भए पनि, छिट्टै पक्राउ पर्नेछन् ।’ तर यो समाचार तयार गर्दासम्म प्रहरीले कुनै लुटेरामध्ये कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घटनापछि वरपरका मातहतका प्रहरीहरुलाई पनि हाई अलर्टमा रहन प्रहरीले निर्देशन दिईसकेको छ । लुटेराहरुले बैंक लुटेको फुटेजको प्रहरीले गहिरो अध्ययन गरिरहेको छ भने लुटेराहरुको हुलिया सम्बन्धित अन्य प्रहरी कार्यालयमासमेत पठाईसकिएको छ । यता बैंकले भने रकम लुटिएको भए पनि ग्राहकको पैसा सुरक्षित रहेको बताएको छ । तर दिन दहाडै बैंक लुटिएपछि अहिले स्थानीय नागरिक त्रासमा छन् ।

के भन्छ बैंक ?
बैंकले घटनापछि प्रेस विज्ञप्ति जारी गर्दै बैंकबाट पैसा लुटिएको पुष्टि गर्दै घटनाको छानविन भईरहेको जनाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानूनी कार्वाही गर्नको लागि सम्बन्धित निकायमा अनुरोध भईसकेको बैंकले भनाई छ । सो घटनाका क्रममा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको बैंकको दाबी छ ।

यसअघि यसैगरी लुटिएको थियो सिटिजन्स बैंकको २२ लाख !
यस अघि २०७८ असोजको अन्तिम साता सिटिजन्स बैंकको मोरङको कर्सिया शाखाबाट सोमबार दिउँसो २२ लाख रुपैयाँ लुटपाट भएकोथियो । ६ जना नकावधारी समूहले सोमबार दिउँसो साढे ३ बजेतिर बैंकमा छिरेर लुटपाट गरेको थियो । त्यहाँ लुटेराहरुले चलाएको गोलीबाट सुरक्षा गार्ड घाइतेसमेत भएका थिए । उनीहरु पनि कटुवा पेस्तोल देखाएर सुरक्षाकर्मीलाई गोली हानेर बैंक भित्र प्रवेश गरेका थिए । पछि लुटेराको समूहलाई प्रहरीले पक्राउ गरेको थियो ।२०७८ मा सिटिजन्स बैंक लुटिएको घटनाबाहेक यसरी बैंक लुटिएको घटना धेरैपछि घटेको हो । र यसरी दिन दहाडै बैंक लुट्नुलाई सुरक्षाको हदैसम्मको कमजोरीका रुपमा लिईएको छ । लुट फिल्ममा लुटेराहरुले बैंक लुटे नै जसरी एनएमबि बैंक लुटिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: