×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

२ हजारको नोटबन्दीको खबरसँगै भारतमा सुन किन्नेहरु बढे, व्यापारीहरुले सुनको मुल्य ह्वात्तै बढाए !

BIZBAZAR

काठमाडौं । भारतले चलनचल्तीको दुई हजारको नोटमा प्रतिबन्ध लगाएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई)ले दुई हजारको दरको नोटमा प्रतिबन्ध लगाउँदै नागरिकसँग भएको २ हजारको नोट बैंकहरुमा जम्मा गर्न आग्रहसमेत गरेको छ ।

दुई हजारको नोटबन्दी हुने खबरसँगै यतिबेला भारतमा सुन किन्नेहरु ह्वात्तै बढेका छन् । आरबिआईले दुई हजारको नोटमा प्रतिबन्ध लगाउने खबरसँगै भारतका विभिन्न सहरहरुका सुन पसलमा सुन किन्नेहरुको घुँइचो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई हजारको नोट बन्दी हुने खबरले सुन किन्नेहरु बढेपछि दुई हजारको नोटले सुन किन्नेहरुका लागि सुन व्यवसायीहरुले मूल्य बढाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अहिले प्रति १० ग्राम सुनको मूल्य ७० हजार भारतीय रुपैयाँसम्म पर्ने गरेको ग्राहकहरुको गुनासो रहेको छ । जबकि शनिवार प्रति तोला सुनको मूल्य ६० हजार २७५ रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढाइएको छ ।

आरबिआइले दुई हजारको नोट सर्कुलर मार्फत फिर्ता लिनेछ । आरबिआईले आउँदो सेप्टेम्बर ३० सम्म दुई हजारको नोट बैंकमा जम्मा गर्न वा त्यसलाई बैंकमार्फत नै परिवर्तन गर्न आग्रह गरेको छ । आरबिआइका अनुसार त्यसपछि पनि उक्त नोट वैध नै मानिनेछ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal