×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुटानी शरणार्थाी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

PRIME CA
GLOBAL IME BANK

भुटानी शरणार्थाी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

गृहमन्त्रीलाई घुस खुवाएर भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दै भएको ठगीमा सचिव पाण्डेको संलग्नता पाइएपछि उनलाई पेप्सिकोलाबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।

प्रहरी नायब महानिरिक्षक कडायतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र थप अनुसन्धान भईरहेको छ । प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

त्यस्तै, सोही ठगिमा संलग्न रहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने प्रहरीले मंगलबार नै प्रक्राउ गरिसकेको छ ।

प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन । अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो । तर, राजनीतिक जोडबलमा यसको अनुसन्धान भएको थिएन । तर, प्रचण्ड सरकारमा पुगेपछि यो केस अघि बढेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: