×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट लिटरमै ९ रुपैयाँ घटेर आए पनि नेपालमा घटेन पेट्रोलको भाउ, डिजेल र मट्टितेलमा भने १० रुपैयाँ घट्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार

PRIME CA
laxmi sunrise bank

भारतबाट लिटरमै ९ रुपैयाँ घटेर आए पनि नेपालमा घटेन पेट्रोलको भाउ, डिजेल र मट्टितेलमा भने १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । मंगलबार आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसँगै निगमले डिजेल र मट्टितेलको भाउ घटाएको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको छ । योसँगै नेपाली बजारमा डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

तर, निगमले पेट्रोलको मूल्य भने स्थिर राखेको छ । आईओसीले पेट्रोलमै प्रतिलिटर ९ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाए पनि निगमले भने पेट्रोलको मूल्य यथावत् राखेको हो । निगमका अनुसार पेट्रोलसँगै हवाई इन्धन तथा एलपी ग्यासको मूल्य पनि यथावत् नै रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: