काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै भएका बताएका छन् । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हाल सतहमा देखिएको प्रकरण ‘ट्रेलर’ मात्रै भएकोले सिङगै फिल्म देखाउने प्रतिवद्धता गरेका हुन् ।
आफु र आफु नेतृत्वको सरकार भ्रष्टचारीलाई उन्मुक्ति दिने पक्षमा नरहेको दाबी गर्दै उनले सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिवद्धता गरेका हुन् । ‘ मजदुरहरुको महाधिवेशनमा मैले अब भ्रष्टाचारीहरुको फाईल खुल्छ भनेको थिएँ । अहिले त्यो प्रक्रिया सुरु भएको छ ।’, उलने भने, ‘यो सुरुवात मात्र हो, ट्रेलरमात्र हो । हेदै जानु सिङगै फिल्म देखिन्छ ।’
त्यस्तै, उनले भ्रष्टाचारका फाइलहरु खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताए । ‘भकाभक फाइल खुल्न थालेपछि पक्कै पनि ठूलो घेराबन्दी होलान, दबाब धम्की होलान् ।’, उनले थपे, ‘तर हाम्रो उत्पीडित जनसमुदाय ,श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी धम्कीको पनि सामना गरिनेछ ।’
हाल मुलुकमा संस्थागत भ्रष्टाचारकै कारण आर्थिक संकटको स्थिति आएको प्रधानमन्त्री दाहालको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्