×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भुटानी शरणार्थी प्रकरणः दोषीलाई कार्वाहीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नक्कली भुटानी शरणार्थी प्रकरणः दोषीलाई कार्वाहीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन (फोटो-कथा)

Artha Sarokar

२९ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कार्वाही गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै शुक्रबार माओवादी सम्बद्ध जनवर्गीय संगठनहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रशदर्शनमा उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न सरकारलाई आग्रह गरेका थिए । हाल सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै अन्य भ्रष्टाचारका फाइल खोल्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले ‘म माओवादी भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न’, ‘भ्रष्टाचारी मुर्दावाद’, ‘टोप बहादुर खोई’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा खुट्टा नकमाउन र कुनै दवावका कारण पछि नहट्न सरकारलाई सुझाव दिएका थिए । बाँकी फोटो फिचरमो हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी