×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघको माग (फोटो-कथा)

काठमाडौं । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आईतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघका कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण विरुद्ध ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांँग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेका थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: