काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्ध बृहत प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको बसन्तपुरमा राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतका भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहरुले ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘भ्रष्टचारविरुद्ध एक हौँ’, ‘मानव तस्करी गर्नेलाई कार्वाही गर’ लगायतका नारा लगाएका थिए । राप्रपाले प्रदर्शनसँगै बृहत विरोधसभाको समेत आयोजना गरेको छ । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्दै शाही लगाएतको उपस्थिति रहेको थियो ।
बाँकी फोटो फिचरमा हेर्नुहोस्ः