काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताका माग सम्बोधन गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार सरकारी नीतिको विरोध गर्दै धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्तासँगको छलफल गर्दै बोर्ड अध्यक्षल हमालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमा पूँजी बजार सुधारको लागि केही सकारात्मक सुविधाको अपेक्षा गरेको भए पनि त्यसअनुसार नभएको बोर्ड अध्यक्ष हमालले बताए । ‘अहिले सेयर बजार त्यसै पनि आन्तरिक तथा बाह्य प्रेसरका कारण खुम्चिएको अवस्था छ । यो परिस्थितिमा हामीले पनि बजेटमा केही सुविधाको अपेक्षा गरेका थियौँ ।’, अध्यक्ष हमालले भने, ‘बजेटपछिकै बजार कारोबार हेर्दा पनि अझ संकुचन आएको देखियो । त्यसैले यो विषयमा हामी पनि गम्भीर छौँ ।’
त्यस्तै, अध्यक्ष हमालले अहिलेको परिस्थितिमा लगानीकर्ताको आक्रोश स्वभाविक भएको बताउँदै सरकारले ल्याएको नयाँ व्यवस्था खारेज गर्नुपर्ने लगानीकर्ताको माग सम्बोधन गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
सरकारले सेयर कारोबारमा समेत प्रचलित कर नीति विपरित अत्याधिक मात्रामा कर लगाउन खोजेको भन्दै सेयर लगानीकर्ताहरु आक्रोशित भएका छन् । सरकारले ल्याएको नयाँ व्यवस्थाले सेयर बजार निकै प्रभावित हुने भन्दै लगानीकर्ताहरु आक्रोशित भएका हुन् । उनीहरुले सरकारले ल्याएको नयाँ व्यवस्था खारेज नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यसैबीच बुधबार नेपाल धितोपत्र बोर्डमा पुगेका लगानीकर्ताहरुले यस विषयमा नेपाल धितोपत्र बोर्डलाई ध्याकर्षण समेत गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्