×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयमा पनि रास्वपाको दाबी, प्रवक्ता ढकाल भन्छन्- ‘बिग्रेको अर्थतन्त्र सुधार्न दाबी प्रस्तुत गर्ने कुरा उठेको हो’

PRIME CA
GLOBAL IME BANK

अर्थ मन्त्रालयमा पनि रास्वपाको दाबी, प्रवक्ता ढकाल भन्छन्- ‘बिग्रेको अर्थतन्त्र सुधार्न दाबी प्रस्तुत गर्ने कुरा उठेको हो’

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अर्थमन्त्रालय दाबी गर्नुपर्ने आवाज उठेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा ‘काम देखाउन सक्ने ठाउँ’ भएकाले अर्थ मन्त्रालय दाबी गर्नुपर्ने आवाज उठेको हो ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले केन्द्रीय समितिमा अर्थ मन्त्रालयको दाबी पार्टीले गर्नुपर्ने आवाज उठेको पुष्टी गरे । ‘अर्थतन्त्र बिग्रेका बेला अर्थ मन्त्रालय पार्टीले सम्हाल्नुपर्छ र यसका लागि दाबी गर्नुपर्छ भन्ने कुरा उठेको छ । तर अहिले हामी सरकारमा जाने कि नजाने भन्ने अन्तिम निर्णय गर्नमै छलफलमा भएकोले यस विषयमा थप छलफल हुन बाँकी छ ।’
रास्वपाको भागमा अर्थमन्त्री पर्यो भने स्वर्णिम वाग्ले अर्थमन्त्री हुने कुरा यस अघि नै पार्टी सभापति रवि लामिछानेले बताईसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: