काठमाडौं । एमाले सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदैछ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्नता पाइएपछि पक्राउ परेका सन्दीपलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने भएको हो ।
सन्दीपलाई प्रहरीले बुधबार नै रुपन्देहीबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका उनलाई काठमाडौं ल्याउने र थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरिने भएको हो ।
यता प्रहरीले बिहीबार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । बुधबार नै पक्राउको तयारी गरिए पनि उनी रातभर फोन अफ गरेर लुकेका थिए । नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै थुप्रै नेपाली नागरिकबाट करोडौं रुपैयाँ उठाएको अभियोग उनीमाथि छ । यस प्रकरणमा मुछिएका उनका छोरालाई बुधबार नै प्रहरीले पक्राउ गरिसकेको छ ।
उनी पनि बुधबार नै पक्राउ पर्नेवाला थिए । तर, एयरपोर्टमा आफुलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको थाहा पाएपछि उनले हवाईटिकट नै रद्ध गरेका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले भैरवहाबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्