काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजले ‘क्लिनिङअप प्रिमियर लिग २०२३’ अन्तर्गत तेस्रो चरणको सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
कलेजको उक्त अभियान अन्तर्गत शुक्रबार काठमाडौंको बसन्तपुरमा बृहत सरसफाई तथा जनचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिएसडब्लु तथा बिबिएस अध्ययनरत विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा नेपालका ‘कान्छा अभियान्ता’ केपी खनालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले बस्तपुर क्षेत्रमा सरसफाई गर्नुका साथै सचेतनामूलक प्रभातफेरी समेत गरेका थिए । उक्त कार्यक्रमले ‘स्वच्छ नेपाल, स्वस्थ नेपाल’ अभियानमा ठूलो सहयोग पुर्याएको अभियान्त केपी खनालले बताएका छन् । ‘हाम्रा शहरलाई फोहोरमुक्त बनाउनु हाम्रो कर्तव्य हो । हामी निरन्तर यो अभियानमा छौँ ।’, अभियान्ता खनालले भने, ‘ट्रिटन कलेजले सञ्चालन गरेको यो अभियान निकै राम्रो छ । यसले ‘स्वच्छ नेपाल, स्वस्थ नेपाल’ अभियानलाई थप सहयोग पुर्याएको छ ।’
त्यस्तै, पठनपाठनसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सरसफाई कार्यक्रमको आयोजना गरिएको बिएसडब्लु संकायका संयोजक चन्द्रदेव भट्टले बताएका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले ‘सुरक्षित राखौं हाम्रो शहर’, ‘प्रकृतिमैत्री समाज हाम्रो रहर’, ‘हटाउ फोहोर अनि घारी, बनाउ आफ्नै करेसाबारी’, ‘हटाउ वातावरणको दुःख, रोपौँ खाली ठाउँमा रुख’ लगायतका पर्चा तथा पम्प्लेट प्रदर्शन गरेका थिए । सोही क्रममा विद्यार्थीहरुले वीर अस्पतालदेखि वसन्तपुरसम्मको सडक क्षेत्रमा रहेका फोहोर संकलन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्