काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा गैर आवसीय नेपाली भित्र्याउन अध्ययन समिति गठन गरेको छ ।
गत चैत्र १९ गतेको सञ्चालक बोर्डको निर्णयबाट चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको बोर्डले जनाएको छ । उक्त समितिमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डका उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।
बोर्डका अनुसार उक्त समितिले तीन महिना भित्र गैर आवसीय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ । योसँगै उक्त समितिले बोर्डमा पेश गरिएको नियमावली कार्यान्वयका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्ने बोर्डले जनाएको छ ।
यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष (Demand Side) बलियो हुने, बजारको अस्थिरता (Volatility) कम भइ मूल्य जोखिम (Price Risk) कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्